भारतबाट आएका थिए कपिलवस्तुका काेराेना संक्रमित

कपिलवस्तु । कपिलवस्तुका कोरोना संक्रमित सबै भारतबाट आएको खुलेको छ । लकडाउनकै बेला एक साताअघि उनीहरु भारतको मुम्बई र पन्जाबबाट आएको खुलेको छ ।

कोरोना रोकथामका लागि घोषणा गरिएको लकडाउनकै बेला उनीहरु सुरक्षाकर्मीलाई छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका पुगेका बताइएको छ ।

कोरोना संक्रमित १० जनामध्ये ८ जना यशोधरा गाउँपालिकाको पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा र अन्य २ जना बुद्धभूमि नगरपालिकाको अनिरुद्र पब्लिक मावि बैदौलीको क्वारेन्टाइनमा बसेका थिए ।

लकडाउनकै बेला भारतका विभिन्न ठाउँबाट आएका व्यक्तिहरु कपिलवस्तुमा एक हजार बढी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार