
कपिलवस्तु । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कविलवस्तु जिल्लालाई जेठ ५ गते सम्म सिल गर्ने निर्णय भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज साँझ ५ बजेबाट जेठ ५ गते सम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।
कपिलवस्तुमा भारतबाट लुकेर आएकाहरुमा कोरोना संक्रमण देखिन थालेपछि जोखिम पनि बढेको छ । अहिले पनि सिमानाकामा २१ सयभन्दा बढी नेपाली छन् ।
बैठकले जिल्लाका सबै नाका सिल गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु पनि नरोकिकन आउजाउ गर्न पाउने छन् ।
स्थानीय प्रशासनले जिल्लाभित्र सवारी साधन, उद्योग, निर्माण कार्यमा पनि पूर्ण रोक लगाइएको छ ।
कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।








