नेता भीम रावलका सुरक्षाकर्मीलाई कोरोना पुष्टि,रावल सुरक्षित


काठमाडौं । सत्तारुढ नेकपाका प्रभावशाली नेता डा. भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।
पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य समेत रहेका रावलको सुरक्षामा खटिएका रामेछाप घर भएका २७ वर्षीय सशस्त्र प्रहरीका ती जवान भक्तपुरमा बस्दै आएका थिए ।

नेता रावलको सचिवालयका अनुसार संक्रमित ति सुरक्षाकर्मी आफ्नो श्रीमती बिरामी रहेकाले विगत एक महिनादेखि विदामा बस्दै आएका थिए ।

“निज सुरक्षाकर्मी डा.रावलको सुरक्षामा केही समय खटेको भए पनि उनी लामो समयदेखि घरमा श्रीमती बिरामी भएको कारणले घर बिदामा छन् । र, करिव १ महिनादेखि श्रीमतिको उपचारमा रहेका निज सुरक्षाकर्मी हाल डा. रावलको सुरक्षामा नरहेको र संघीय संसदले कोरोना परिक्षण गर्दा सम्पूर्ण साँसदहरूमा कोरोना नरहेको रिपोर्ट दिएको छ”, नेता रावलका सहयोगी एकिन्द्र कुँवरले बताए ।

संघीय संसदको बर्षे अधिवेशन सुरु हुनुअघि सबै सांसदको पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा रिर्पोट नेगेटिभ आएकाले नेता रावल कोरोनाबाट सुरक्षित रहेका छन् ।

ति संक्रमित जवान सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको बताइएको छ । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म २१७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार