नेता भिम रावलका सुरक्षागार्डमा कोरोना देखिएपछि नेकपा बैठक स्थगित


काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको नेकपा महासचिव बिष्णु पौडेलले जानकारी दिए ।

भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र कतिपय स्थायी कमिटी सदस्यहरुको कोरोना परीक्षण नगरिएकाले बैठक स्थगित भएको महासचिव पौडेलले बताए ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका रामेछाप घर भएका २७ वर्षीय सुरक्षाकर्मीमा कोरोना संक्रमण भेटिएको थियो । उनि पूर्वगृहमन्त्री तथा नेकपा स्थायी सदस्य डा. भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवान थिए ।

तर, उनि एक महिनाअघिदेख नै श्रीमती बिरामी रहकाले विदामा थिए । यसअघि संसदमा गरिएको सबै सांसदहरुको कोरोना परीक्षणमा नेता रावल लगायत सबैको रिर्पोट नेगेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार