मेडिकल सामाग्री ल्याएर नेपाल आइपुग्यो चिनियाँ विमान

काठमाडौं । कोरोनाको उपचारका लागि आवश्यक पर्ने मेडिकल सामाग्री ल्याएर चिनियाँ विमान नेपाल आइपुगेको छ । बुधबार विहान चीनको चेङ्दुबाट मेडिकल सामाग्री ल्याएर चिनियाँ सेनाको विमान काठमाडौं आइपुगेको हो ।

चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री विमानले ल्याएको छ । विमानमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको बताइएको छ ।

सेनाले कति परिमाणको मेडिकल समाग्री ल्याएका हो भन्ने बारेमा भने खुलाइएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार