कैलाली । मानसिक सन्तुलन बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएका निर्मलाका बुवाले जहाज चढ्न नमानेपछि उहाँलाई अहिले सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती अँचल अस्पतालमा राखिएको छ ।
अस्पतालको बेडमा नै बर्बराउदै भाग्न खोजेपछि लडेर उनको खुट्टा, घुँडामा समेत चोट लागेको बताइएको छ । यज्ञराजको अहिले सेती अँचल अस्पतालका स्वाथ्यकर्मीहरुको टोलीले उपचार गरिरहेको छ ।
छोरीको हत्यारा सार्बजनिक गर्नु पर्ने भन्दै धर्ना बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि उनलाई उपचारका लागि शनिवार साँझ काठमाडौं ल्याइदै थियो ।
धनगढी बिमानस्थलबाट साँझको उडानमार्फत उनलाई उपचारका लागि काठमाडौं ल्याउन लाग्दा उनले विमान चढ्न नमानेको र उनको अवस्था झन बिग्रदै गएकाले सेती अँचल अस्पतालमा राखिएको कैलालीकी अधिकारकर्मी भुमी फुलाराले अनमोलपोष्टलाई जानकारी दिइन ।
वुवा यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि अहिले उनि बरर्बराउने , गाली गलौच गर्ने, झम्टिने, हातपात गर्न खोज्ने, मेरी छोरीका हत्यारालाई मार्छु भन्दै दौडिदै भाग्न खोज्ने जस्ता अस्वभाविक कृयाकलाप गर्न थालेका छन ।
दुई तीन दिनदेखि उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई धार्नास्थल मै महाकाली अँचल अस्पतालको स्वास्थ्यकर्मीको टोली गई स्वास्थ्य जाँच गरेपछि उपचारका लागि काठमाडौं लैजान सल्लाह दिएका थिए ।
जिल्ला प्रशासन कार्यलय कंचनपुरको गेटमा कात्तिक २५ गतेदेखि यज्ञराको परिवार सहित मानअधिकारकर्मी निर्मलाको न्याय माग्दै धर्नामा बसेका थिए ।
उपचारका लागि काठमाडौं ल्याउन उनको साथमा श्रीमती दुर्गादेवि पन्त, आफन्त ईश्वरी जोशी र गजाधर भट्ट गएका छन् । उनिहरु सबैजना अहिले सेती अँचल अस्पतालमा छन ।
भिडियो हेर्नुहोस