संसदमा होहल्ला र नाराबाजी


काठमाडौं । कोरोना महामारीकाबीच संसदमा सरकारको बजेट अधिवेशन चलिरहेको छ । संसदमा अहिले बजेटका सद्धान्त र प्राथमिकतामाथि छलफलमा भइरहेको छ ।

आजको छलफलमा आफुलाई बोल्न नदिएको भन्दै केही सांसदहरुले उठेर विरोध गरेका छन् । सभामुख अग्नि सापकोटाले दलीय आधारमा आएको नामका आधारमा बोल्न दिएको भन्दै सांसदहरुलाई बस्न आग्रह गरेका थिए ।

सभामुख सापकोटाले बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको जानकारी गराउनेवित्तिकै सांसदहरु उठेर विरोध गरिरहे । उनीहरुले झण्डै ५ मिनेट होहल्ला र नाराबाजी गरेका थिए ।

उनीहरुको विरोधपछि अर्थमन्त्री युवराज खतिवडालाई जवाफ दिन समय छुट्टयाएका थिए । संसदमा होहल्ला र नाराबाजी गर्ने पुरानै चलन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार