आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४९ पुग्यो


काठमाडौं । आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं, धनुषा र धादिङका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या दुई ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलाको रिपोर्ट पोजिटिभ आएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार