
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संक्रमणबाट विश्वमा तीन लाख तीन हजार तीन सय ६१जनाको मृत्यु भएको छ ।
त्यस्तै संक्रमितको संख्या पनि ४५ हजार २५ हजार एक सय ६६ पुगेको छ । विश्वको तथ्यांक हेर्दा सबै भन्दाबढी कोरोना संक्रमण बाट अमेरिकामा प्रभावित भएका छन् । अमेरिकामा ८६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ भने १४ लाख ५७ हजार ५ सय ९३ जना संक्रमित छन् ।
कोरोना भाइरसका कारण बेलायत, रुस, स्पेन, इटली लगाएतका देशमा पनि धेरैको मृत्यु भएको छ भने, संक्रमितको संख्या पनि धेरै रहेको छ ।
अहिलेसम्म विश्वभर १६ लाख ९० हजार ६६९ जना कोरोना जितेर घर फर्किएका छन् ।













