
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वको झापाबाट काठमाडौं फर्किएका छन् । लकडाउनका कारण झापामा रोकिएका पूर्वराजा शाह सवारी पास पाएपछि काठमाडौं फर्किएका हुन् ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै उनलाई पास दिएको थियो । बिहीबार गृहमन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो ।
पछि गृहमन्त्रालयको सहमति लिएर प्रशासनले पूर्वराजा शाहलाई पास दिएको थियो । लकडाउन अघि नै निजी भ्रमणका लागि झापा गएका राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । शुक्रबार सवारी पास पाएपछि उनीहरु काठमाडौं फर्किएका छन् ।












