काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारतबाट आएर देशका विभिन्न सीमा नाकामा अलपत्र नेपालीलाई तत्काल नेपाल प्रवेश गराउन सरकारसंग आग्रह गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्धारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, जोखिम रहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने एकातर्फ खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुनेछन् भने अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ ।
पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको विवरण पार्टीलाई प्राप्त भएको उल्लेख गर्दै तत्काल उनिहरुलाई सुरक्षित ढंगले नेपाल प्रवेश दिनुपर्नेमा काँ्रग्रेसले जोड दिएको छ ।
अतः नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात् सुरक्षित रूपमा घर पु¥याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ, जारी विज्ञप्तिमा भनिएको छ ।
भारतकाट आएका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकामा समइा भएको काँग्रेसको भनाइ छ ।