शिक्षण अस्पतालमा संचारकर्मी भेटेपछि निर्मलाका बुवा डाको छोडी रोए (भिडियोसहित)

मानसिक समस्याबाट ग्रसित यज्ञराजको शिक्षण अस्पतालमा उपचार सुरु

काठमाडौं । केहि दिनदेखि मानसिक समस्याबाट ग्रसित निर्मला पन्तका बुवालाई उपचारका लागि काठमाडौ ल्याइएको छ । निर्मलाका बुवा यज्ञराजलाई आइतबार साँझ ६ः३० बजे उपचारका लागि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको हो ।

शनिबार राती ११ बजे धनगढीबाट जीपमा अर्धबेहोस पारेर ल्याइएका यज्ञराजको शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
उनको सिटी स्कान गरि अन्य जाँच हुने र भोली मात्रै मेडिकल रिर्पोट आएपछि समस्याबारे भन्न सकिने अस्पतालको आकस्मिक कक्षले जनाएको छ ।

यज्ञराजसँगै एक जना सेती अँचल अस्पतालका स्वाथ्यकर्मी, आमा दुर्गादेवी, र दुई जना आफन्तहरुले उनलाई बाटोमा सम्हाल्दै शिक्षण अस्पताल पुर्याएका थिए ।

निदाउने औषधी दिएका कारण यज्ञराज बाटोमा सामान्य अवस्थामै रहेको तर, साँझ काठमाडौं पुगेपछि फेरि बर्बराउन, आत्तिन, रुन सुरु गरेको निर्मलाकी आमा दुर्गाले अनमोलपोष्टलाइ बताइन ।

शिक्षण अस्पतालमा पुगेपछि जीप भित्रबाटै संचारकर्मीतर्फ हात जोड्दै रोएका उनि बाहिर आउन खोज्दै, बर्रबराउन र आत्तिन थालेका थिए । तर उनको नाजुक स्वास्थय अवस्थाका कारण उनलाई निकै सुरक्षाका साथ प्रहरी र आफन्तको सहयोगमा अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो ।

जीपबाट ओर्लिदै गर्दा यज्ञराजको खुट्टामा चोट देखिन्थ्यो । उनलाई शनिवार सेती अंचल अस्पतालमा उपचारका लागि राखेको बेला उनि बर्रबराई भाग्न खोज्न लाग्दा लडेर उनको खुट्टामा चोट लागेको थियो ।

शनिबार नै धनगढीबाट जहाजमार्फत उपचारका लागि काठमाडौं ल्याउने भन्दै दिनभर धनगढी विमानस्थलमा राखिएको भएपनि उनको असामान्य ब्यवहारका कारण जहाजमा लैजान नसकिने भन्दै उनलाई राती ११ बजे जीपमा राखेर काठमाडौं पठाइएको थियो ।

काठमाडौं पठाउन अधि सेती अँचल अस्पतालमा राखिएका उनलाई सामान्य उपचार पछि तत्काल काठामाडौं लैजानु भन्ने स्वास्थ्यकर्मीको सल्लाह अनुसार प्रशासन र मानवअधिकारकर्मीहरुको रहोवरमा काठमाडौं पठाइएको थियो ।

छोरीको हत्यारा सार्बजनिक गर्नुपर्ने माग गर्दै कात्तिक २५ गतेदेखि धर्नामा बसेका निर्मलाका बुवा बिरामी हुंदै मानसिक समस्यामा परेका थिए ।

जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा परिवारसहित धर्ना बसेको उनलाइ एघारौं दिनमा मानसिक समस्या देखा परेको थियो ।
आफै बरर्बराउने, गाली गर्ने, झम्टिने, भाग्ने लगायतका असामान्य ब्यवहार देखाउन थालेपछि यज्ञराजलाई महाकाली अँचल अस्पतालको स्वाथ्यकर्मीको टोलीले धर्नास्थलमै जाँचगरि सामान्य उपचार गरेको थियो ।

त्यसअघि उनलाई धर्ना बस्दा चिसोका कारण छातीमा समस्या, ज्वरो आएपछि औषधी सुरु गरिएको थियो । औषधी खाइरहेकै समयमा उनमा एक्कासी मानसिक समस्या देखा परेको थियो ।

भिडियो यहाँ हेर्नुहोस, साथै Subscribe गर्न नभुल्नु होला ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार