
काठमाडौं । भारतले एकलौटी रुपमा नेपाली भूमी लिपुलेकमा सडक बनाएपछि यो बिषय अहिले निकै चर्चामा छ । भारतले नेपाली भूमी मिचेर सडक बनाएपछि यसको देशभर चर्को विरोध भइरहेको छ ।
तर, भारतले भने नेपालमा भूमी फिर्ताको आन्दोलनलाई अन्जरअन्दाज गरिरहेको छ । उसले यसअघि नै लिपुलेकमा भारतले आफ्नै जमिनमा सडक बनाएको दावी गरिसकेको छ ।
आज (शुक्रबार) मात्रै भारतिय सेनाका प्रमुख मनोज नरभानेले नेपालमा भइरहेको भूमी फिर्ताको आन्दोलन आफुले नबुझेको टिप्पणी गरेका छन् । उनले यति मा मात्रै भनेनन्, नेपालमा लिपुलेकको मुद्धा अरु कसैको इसारामा अहिले चर्काइएको दावी समेत गरेका छन् ।
भारतिय संचारमाध्यम द हिन्दूका अनुसार नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको सेना प्रमुख नरभानेको दावी छ ।
सेना प्रमुख नरभानेले एक बैठकमा भने, “पहिला यो बिषयमा कुनै समस्या थिएन, अहिले यो मुद्धा कोहि अरुको इसारामा उठाइएको छ ।”
उनले भारतले लिपुलेकमा मानसरोवर जानको लागि बनेको सडक भारतीय भूमिमा नै खनेको दावी समेत गरेका छन् ।
भारतीय तीर्थयात्रीका लागि खनिएको उक्त सडकमा कुनै पनि विवाद नरहेको दावी गर्दै उनले नेपालले आफ्नो भूभाग महाकाली नदीको पूर्वतर्फ भएको बताउँदै आएको र भारतले अहिले निर्माण गरेको सडक नदीको पश्चिमतर्फ रहेको बताए ।
यसमा कुनै विवाद निकाल्नु पर्ने कारण नरहेको सेना प्रमुख रनभानेको भनाइ छ ।
भारतले गत शुक्रबार मात्रै नेपाली भूमी लिपुलेक हुँदै तिब्बतको मानसरोवर जनो ८० किलोमिटरको सडक उद्घाटन गरेको थियो ।
उक्त बिषयलाई लिएर नेपालमा चर्को विरोध भइरहेको छ । सीमा सुरक्षाका लागि सरकारलाई ब्यापक दवाव परेपछि बुधबार मात्रै कालापानी नजिकै दाुर्चला ब्याँस गाउँपालिका-१ छाङरुमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गरिएको थियो ।
आज (शुक्रबार) साँझ मात्रै संसदमा प्रस्तुत सरकारका आगामी नीति तथा कार्यक्रममा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत अन्य अतिक्रमित भूभाग समेटेर नेपालको नयां नक्सा सार्वजनिक गरिने बताइएको छ ।












