
काठमाडौं । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका हुन ।
कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख ज्ञवालीले बताए । पक्राउ पर्ने कार्की चन्द्रागिरि नगरपालिका निवासी भएको बताइएको छ ।
उपत्यका प्रवेश गर्ने नागढुंगा नाकामा खटिएका कार्की लगायतका युवा स्वयंसेवीले शुक्रबार दिउँसो चेकजाँचका नाममा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएको थियो । स्वास्थकर्मीलाई जाँचबुझका नाममा गरिएको दुव्र्यवहारको सामाजिक संजालमा व्यापक विरोध भइरहेको छ ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै कार्की लगायतले नागढुँगामा वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीको गाडी रोकेर खानतलासी गर्दै दुर्व्यवहार गरेका थिए ।
भिडियो हेर्नुहोस
नागढुँगामा शुक्रबार भएको घटना हेर्नुहोस । के यस्तो गर्नु ठिक थियो ?
Viral Video ! कोरोनाबाट हामी सबैलाई बचाउँनका लागि ज्यानको माया मारेर उपचार र नियन्त्रण लागेका स्वास्थ्यकर्मीलाई अनावश्यक दुख दिनेलाई प्रहरीले पक्राउ गरेको छ । नागढुँगामा शुक्रबार भएको घटना हेर्नुहोस । के यस्तो गर्नु ठिक थियो ? खासमा चेकजाँच गर्ने काम कस्को हो ?
Posted by Anmol Media on Sunday, May 17, 2020










