इजरायलका लागि चिनियाँ राजदूत आफ्नै निवासमा मृत फेला


इजरायल । इजरायलका लागि चिनियाँ राजदूत डु वेई तेल मृत फेला परेका छन् । अभिभनजिकैको आफ्नै निवासमा उनि मृत फेला परेको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

५८ वर्षीय डु आफ्नै खाटमा मृत भेटिएको बताइए पनि उनको मृत्युको कारणबारे खुलाइएको छैन । उनी गत फेब्रुअरीमात्र इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । इजरायल जानुअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत थिए ।

इजरायली सञ्‍चारमाध्यमहरुका अनुसार राजदूत वेईको शरीरमा कुनै चोटपटक लागेको छैन । इजरायली स्वास्थ्य अधिकारीहरुले राजदूत वेईको मृत्यु हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका भएपनि पुष्टि हुन सकेको छैन । यसबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको बतायएको छ ।

शुक्रबार तेल अभिभस्थित चिनियाँ दूतावासले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोको आरोपको खण्डन गरेको थियो । गत हप्ता इजरायल भ्रमण गर्दा चीनले कोरोना भाइरसको संक्रमणबारे सूचना लुकाएको आरोप अमेरिकी विदेशमन्त्री पोम्पियोले लगाएका थिए । राजदूत वेईको श्रीमती र एक छोरा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार