
काठमाडौँ । वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले दुव्र्यवहारको जाहेरी दिएका छन् । आफूमाथि दुव्र्यवहार भएको भन्दै डा. कार्कीले काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका हुन् ।
गएको शुक्रबार बिहान हेटौंडाबाट काठमाडौं आउँदै गरेका डा. कार्कीलाई ती युवकले नागढुंगामा गाडी रोकेर दुव्र्यवहार गरेका थिए । नागढुंगामै प्रहरीले सवारी पास नबोकेको भन्दै डा. कार्कीलाई रोकेको थियो ।
ती युवकले डा. कार्कीको झोला खानतलासी गर्नुका साथै अनाधिकृत रुपमा केरकार गरेका थिए । केही बेरको भनाभनपछि डा.कार्की काठमाडौं नआई हेटौंडा फर्किएका थिए ।
उक्त घटनामा संलग्न ती युवकलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो ।









