
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले तत्काल सेनालाई सीमामा पठाउन सरकारसंग आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभामा सरकारको आगामी नीति तथा कार्यक्रमको छलफलमा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका सांसद प्रधानले सीमाको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका हुन ।
“वार्ता हुँदै गर्छ, सेनालाई सीमामा पठाउनुपर्छ । आफ्नो सीमा रक्षा गर्ने दायित्व सरकारको हो । सीमा खाली छोडेमा मिच्नेले मिचिराख्छ “, सांसद प्रधानले भने । सेना पठाउनका लागि तत्काल सुरक्षा परिषद् बैठक बोलाउन सकिने उनले भनाई छ ।
भूकम्प र बाढी आउँदा मात्रै सुरक्षा परिषद्को बैठक बस्ने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण समेत गराए । भारतले हालै नेपाली भूमी लिपुलेकबाट तिब्बतको मानसरोवर जाने सडक बनाएर उद्रघाटन गरेको छ । जसको देशमा संसददेखि सडकसम्म चर्को विरोध भइरहेको छ ।
विरोधकाबीच सरकारले त्यसपछि लिपुलेक र कालापानी नजिकै दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको सीम सुरक्षा पोष्ट स्थापना गरेको छ ।
भिडियो हेर्नुहोस
सांसद भीमसेनदास प्रधानले भनेः "वार्ता हुँदै गर्छ, तत्काल सेनालाई सीमामा पठाउ।"
पूर्वरक्षामन्त्री समेत रहेका सांसद भीमसेनदास प्रधानले भनेः "वार्ता हुँदै गर्छ, तत्काल सेनालाई सीमामा पठाउ।" तपाइ के भन्नु हुन्छ ?
Posted by Anmol Media on Monday, May 18, 2020










