झापामा थप एकजनामा कोरोना भेटियो, संक्रमित संख्या ३५८

झापा । झापामा थप एकजनामा कोरोना संक्रमण भेटिएको छ । हिजो मात्रै भारतबाट आएका ति पुरुषमा कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय, झापाले जनाएको छ ।

उनलाई उपचारका लागि अहिले बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ । भारतबाट लुकिछिपी उनि हिजो शनिवार मात्रै नेपाल छिरेका थिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यो संगै नेपालमा संक्रमतिको संख्या ३५८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार