
काठमाडौं । मंलगबार थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा ११ र कपिलवस्तुमा ४ गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश १ मा संक्रमण देखिएकामा झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्। त्यस्तै कपिलवस्तुको मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्थानीय प्रशासनले जनाएको छ ।
संक्रमण देखिएका सबै जना भारतबाट आएको खुलेको छ । उनीहरुलाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरेको छैन् ।









