
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई संसदमा उभिएर सम्बोधन गर्न गाह्रो भएपछि कुर्सीको ब्यवस्था गरिएको छ ।
मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका बेला स्वास्थ्यका कारण प्रधानमन्त्री ओलीले उभिन नसक्ने कुरा सभामुख अग्निप्रसाद सापकोटालाई बताएका थिए ।
त्यसपछि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै बसेर बोल्ने चाहाना ब्यक्त गरेका थिए ।
त्यसपछि उनका लागि रोष्ट्रममै कुर्सीको ब्यवस्था गरिएको हो ।
स्वास्थ्यका कारण उभिएर बोल्न गाह्रो भएपछि बीचमै आफ्नो संवोधन रोकिन गएकोमा उनले सभामुख सापकोटा समक्ष क्षमा समेत मागेका थिए । अहिले प्रधानमन्त्री ओली कुर्सीमै बसेर संवोधन गरिरहेका छन् ।










