निर्मलाका आमाबुवालाई प्रतिष्ठित ब्यक्तीहरुको साथ, डा. गोविन्द केसी अनसन बस्दै

काठमाडौं । निर्मला पन्तका हत्यारा पक्राउ गर्नुपर्ने माग राख्दै प्रा. डा. गोविन्द केसी आमरण अनसन बस्ने भएका छन ।

कंचनपुरकी १३ बर्षिय बालिका निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पुग्दा समेत अपराधी पत्ता नलागेको भन्दै सरकारलाई दवाब दिन डा. केसी  अनसन बस्न लागेका हुन ।

त्रिवि शिक्षण अस्पतालमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै डा. केसीले निर्मलाका हत्यारा पक्राउ गरि कारवाही नगरे आगामी पुस २ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन् ।

आफु तीन वटा मुख्य माग राखेर अनसन बस्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिदै डा. केसीले भने, “गत साउन १० गते सरकारले गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्यो, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न तत्काल पक्राउ गरि मुद्दा चलाइनुपर्यो र सरकारको निर्णय उलंघन गरि काठमाडौं विश्व विद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरिनुपर्यो,  यि मागहरु आगामी पुस २ गतेसम्म पुरा हुदैनन भने म फेरि अनसन बस्छु ।”

अनसन बस्नका लागि उनले राखेका तीन वटा बुदांको दोस्रो नम्बरमा, ‘निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न ब्यक्तीहरुलाई तत्काल पक्राउगरि मुद्दा चलाइयोस । साथै, प्रमाण लोप गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका ब्यक्तीमाथी गोली चलाई हत्या, अँगभँग गर्ने ब्यक्तीहरुमाथी तत्काल फौजदारी मुद्दा चलाइयोस’ भनेर लेखिएको छ ।

निर्मलाका आमाबुवालाई प्रतिष्ठित ब्यक्तीहरुको साथ

उपचारका लागि निर्मलाका बुवालाई त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएपछि उनलाई भेट्ने र साथ सहयोग गर्ने ब्यक्तीहरु बढ्दैछन् । निर्मला हत्याकाण्ड भएदेखि नै देश विदेशमा रहेका नेपालीहरुले आ-आफ्नो ठाँउ र क्षेत्रबाट न्यायका लागि अनेक माध्यमबाट साथ र सहयोग दिइरहेका छन् । जसका कारण निर्मलाको परिवारलाई न्याय पाउने आस मरेको छैन ।

निर्मलाका बुवा यज्ञराजलाई आइतबार साँझ शिक्षण अस्पताल ल्याएदेखि नै संचारकर्मी, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले भेटेर सान्त्वना दिदै न्यायका लागि साथ सहयोग रहेको बताइरहेका छन ।

यहि क्रममा निर्मलाका आमा बुवालाई देशका प्रतिष्ठित ब्यक्तीहरुको फेरि पनि साथ र सहयोग मिल्दै गइरहेको छ ।
काठमाडौं ल्याए लगत्तै शिक्षण अस्पताल परिसरमा पुगेका नयाँ शक्ती पार्टी नेपालका संयोजक तथा पुर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्को दिन सोमबार यज्ञराजलाई उनको उपचार कक्षमै गएर भेटे ।

साथै स्वास्थ अवस्थाबारे जानकारी लिदैं उनलाई रु १ लाख आर्थिक सहयोग पनि गरे । न्यायका लागि लड्दै गर्दा बिरामी परेर आफ्नो मानसिक सन्तुलन नै गुमाउन पुगेका यज्ञराजलाई डा. भट्टराईले न्यायको लडाईमा सधै आफ्नो साथ सहयोग रहने भन्दै ढाडस दिए ।

डा. भट्टराईको सान्त्वना र सहयोगपछि सोमबार नै अर्का चर्चित र प्रतिष्ठित ब्यक्ती डा. गोविन्द केसीले निर्मलाको न्यायका लागि औपचारिक रुपमै मुख खोले ।

उनले शिक्षण अस्पताल मै पत्रकार सम्मेलन गरि निर्मलाका हत्यारालाई तत्काल पक्राउ गरि कारवाही नगरे आमरण सनसन बस्ने चेतावनी दिए ।

न्याय माग्दा माग्दै आफ्नै ज्यान धरापमा परेकाबेला यसरि प्रतिष्ठित ब्यक्तीहरुले सानत्वना, साथ र सहयोग दिइरहंदा पक्कै पनि पीडितको मनमा थोरै भएपनि न्याय पाउने आस जागेको हुनुपर्छ । र, निर्मलाका बुवाको स्वास्थ्य सुधारमा यसले केहि न केहि राहात अवश्य पुर्याउछ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना पुग्दा समेत हत्यारा पत्ता नलागेपछि अहिले उनका बुवा यज्ञराज डिप्रेसनमा परि मानसिक सन्तुलन गुमाउन पुगेका छन । हिजो (आइतवार) देखि उनको काठामाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

निर्मला पन्तका बिषयमा महत्वपुर्ण भिडियोहरु हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार