
काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपषिद्को (आज) शुक्रबार बसेको बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।
१३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारले निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।
निशान छापमा नेपालको नक्सा पनि राखिएको छ । नेपालको नयां नक्सा प्रचलनमा आएकाले उक्त पुरानो नक्सा परिर्वतनका लागि सविधान संशोधन गर्न लागिएको हो ।
सरकारले हिजो (बिहीबार) मात्रै नेपालको नयां नक्सा सार्वजनिक गरेको थियो ।
मन्त्रिपषिद्को बैठकमा विदेशमा रहेका हजारौं नेपालीलाई स्वदेश फर्काउनेबारे छलफल भए पनि कुनै निर्णय नभएको बताइएको छ । विदेशमा समस्यामा परेर घर फर्किन चाहने हजाारैं नेपाली छन् ।










