काठमाडौं । काठमाडौंमै एक प्रहरी सहायक निरीक्षक (असई) ले गोली प्रहार गरी आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत असई महेश कार्की रहेका छन् ।
उनले आइतबार विहान डिउटी सकेर फर्केपछि कोठामा आफैंले आफैंलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन् ।
यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।











