डडेल्धुरा । कोरोना संक्रमितको सम्पर्कमा आएका १ सय ३० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । डडेल्धुरा पहिलो पटक संकमण देखिएका व्यक्तिको सम्पर्कमा आएका पाँच जना संचारकर्मीसहित १ सय ३० जनाको स्वाब संकलन गरिएको हो ।
शनिबार संकलन गरिएको स्वाब आज सेती प्रादेशिक अस्पताल कैलाली पठाइएको छ । संक्रमित व्यक्ति बस्ने ठाउँ र सदरमुकाममा उनी काम गर्ने कार्यालय र अन्य साथीहरुको स्वाब संकलन गरिएको बताइएको छ ।
गएको शुकबार संक्रमण देखिएका ती व्यक्ति सरकारारी कर्मचारी भएकाले खुलेको छ । उनी सहरी विकास डिभिजन कार्यालय डडेल्धुरामा कार्यरत कर्मचारी रहेको खुलेको छ । योसँगै सरकारी कार्यालय पनि सिल गरिएका छन् ।