संघीय संसदको लोगो नयाँ नक्साअनुसार परिमार्जन गरिने


काठमाडौं । संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गरिने भएको छ । सरकारले जारी गरेको नयाँ नक्साअनुसार लोगो परिमार्जन गरिने राष्ट्रियसभाले निर्णय गरेको छ ।

कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार संघीय ससदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो ।

राष्ट्रियसभाले संघीय ससदका सदस्यले प्रयोग गर्ने लोगोमा एकरुपमा ल्याउन प्रतिनिधिसभालाई पनि अनुरोध गर्ने निर्णय गरेको छ ।
राष्ट्रियसभाको बैठक जेठ १२ गतेका लागि तोकिएकामा त्यस दिन मुस्लिम समुदायको इदुल फित्र चाड पर्काले जेठ १३ गतेका लागि तोकिएको छ ।

१३ गते बस्ने बैठकले लोगो परिमार्जन गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार