अमेरिका । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख दुई हजार १ सय ७ पुगेको छ ।
त्यस्तै संक्रमितको संख्या पनि १७ लाखको नजिक छ । यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना संक्रमणबाट एक लाख जनाको मृत्यु भएमा डरलाग्दो हुने अभिव्यक्ति दिएका थिए ।
यो सबै भन्दा धेरै संख्या हो ।









