कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७ पुग्यो


सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु–११ का ३५ वर्षीय पुरुष रहेका छन् ।

दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट युवकको कोरोना परीक्षण गरिएको थियो ।

उनी १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए । यससँगै नेपालमा कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार