डडेलधुरा । क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको नवदुर्गा गाउँपालिका ३ का ६ वर्षीय बालक रहेका छन् ।
डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनको शनिबार राति मृत्यु भएको बताइएको छ । उनी आमासँगै शनिबार नै गौरीफण्टा नाका भएर जिल्ला पुगेका थिए । उनीहरुलाई आज गाउँ लैजाने तयारी थियो ।
क्वारेन्टाइनमै विरामी परेका उनलाई अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेका थिए । उनको आजै स्वाबको नमुना परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।









