संसदमा संविधान संशोधन विधेयक पेस

काठमाडौँ । संसदमा संविधान संशोधन विधेयक पेस गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभामा पेस गरेकी हुन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेस गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेका थिएनन् ।

संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापमा उल्लेख भएको नक्सा नेपालको परिमार्जित वास्तविक नक्साअनुरुप बनाउनुपर्ने भएकाले संविधान संशोधन विधेयक ल्याएको मन्त्री तुम्बाहाङ्फेले संसदमा बताइन् ।

यसअघि संविधान संशोधनको प्रस्ताव कार्यसूचिबाटै हटाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार