
काठमाडौं । कोरोनाबाट नेपालमा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाअनुसार मृत्यु हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाकी र्२ बर्षीय बालिका रहेकी छन् ।
बालिकाको आज बिहान २ः३० बजे मृत्यु भएको प्रवक्ता देवकाटाले जानकारी दिए । बालिकाको परिवार हालै भारतबाट आएर नगरपालिकाले धुरालसैन माविमा बनाएको क्वारेन्टाइमा बसेकी थिइन ।
बालिकामा झाडापखाला, श्वासप्रश्वास लगायतका समस्या देखिएपछि जेठ १५ गते जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो । बालिकाको जेठ १६ गते कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो ।
सेती प्रादेशीक अस्पताल धनगढीमा बालिकाको पीसीआर टेष्ट गरिएको थियो । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ भने संक्रमितको संख्या १५६७ पुगेको छ ।









