धुर्मुस र सुन्तलीले गरे रवि ओडको प्रशंसा, भोट गर्न आग्रह (भिडियोसहित)

काठमाडौं । ‘नेपाल आइडल सिजन -२’  अन्तर्गत विहिबार भएको प्रतिस्पर्धामा धनगढीका रवि ओडंले आर्कषक र आदरयुक्त प्रस्तुती दिएका छन ।

उत्कृष्ट ५  का लागि विहिबारको कार्यक्रममा ‘राष्ट्रिय गीत’ हरु गाउने प्रतिस्पर्धामा रविले “विरताको चिनो बिरको सन्तान, शहिदको रगत लाहुरेको निसानी” , बोलको राष्ट्रिय गीत गाएका छन । जुन प्रस्तुतीलाई दर्शले अत्याधिक मन पराई आदरयुक्त प्रस्तुती भनेका थिए ।

कार्यक्रममा उपस्थित चर्चित हाँस्य कलाकार जोडि तथा समाजसेवी धुर्मुस र सुन्तलीले रविको प्रस्तुतीलाई उत्कृष्ट भन्दै शुभकामना दिएका छन ।  जजहरुले समेत रविको प्रस्तुती आजसम्मकै उत्कृष्ट भनेका छन ।

सुदूरपश्चिमबाट एक्लो प्रतिस्पर्धीका रुपमा रहेका रविले आफ्नो आगामी यात्राका लागि भोट गर्न सबैलाई हार्दिक अनुरोध समेत गरेका छन ।
रवि ओडलाई भोट गर्नका लागि मोबाइलको Message Box मा गई १० टाईप गरी ३१००९ मा सेन्ड गर्नुपर्नेछ । साथै विदेशमा रहेकाहरुले रविलाई Rise and respect app डाउनलोड गरी भोट गर्न सक्नेछन ।

नेपाल आइडलको विहिबारको प्रस्तुतीमा ६ जना प्रतिस्पर्धीले नै नेपालको पहिचान झल्काउने पोसाकमा राष्ट्रिय गीतहरु गाएका थिए ।

बिहिबारको प्रस्तुतीमा आफुलाई मन परेको प्रतियोगीहरुलाई भोट गर्नका लागि दर्शकलाई भोली (शुक्रबार) दिउसो १२ बजेसम्मको समय अवधी दिइएको छ भने नतिजा शनिबारको नेपाल आइडलमा घोषणा गरिनेछ ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार