बैतडीको क्वारेन्टाइनमा एक युवतीको मृत्यु

बैतडी । क्वारेन्टाइनमा बसेकी एक युवतीको बैतडीमा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिकाकी २२ वर्षीया युवती रहेकी छन् ।

केही दिनअघि भारतबाट आएकी ति युवती पुर्चौडीकै भटनामा रहेको मालिका माविको क्वारेन्टाइनमा बस्दै आएकि थिइन् । उनको क्वारेन्टाइनमै रहेका बेला सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती युवतीले दमको उपचार गराइरहेको प्रारम्भिक जानकारी रहेको छ । युवतीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने बताइएको छ । उनको मृत्युको कारण भने खुल्लन सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार