काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्दै छ । पार्टीको केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गर्न लागिएको बताएको छ ।
विधेयक दर्ताका लागि कांग्रेस सांसदहरु संघीय संसद् सचिवालयमा पुगेका छन् । कांग्रेस सांसद अमरेशकुमार सिंहले पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको विधेयक नै दर्ता गर्न लागेको जानकारी दिएका छन् ।
यसअघि समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् ।










