काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका २८८ जनामा ४ जना केएमसीका स्वास्थ्यर्मी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुष रहेका छन् ।










