काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु गुल्मीका र पोखराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
ती बिरामीहरू ६० र ७६ वर्षका हुन् । पछिल्लो २४ घण्टामा देशभर दुई सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।










