कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली की महिला र डोल्पामा एक जना पुरुष रहेका छन् ।  यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

शनिबार विहान सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी जेठ २० गते मृत्यु भएका डोल्पाको जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार