डोटी । सुदूरपश्चिम प्रदेशको डोटीमा क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका ३ मा रहेको सिताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका युवाको आइतबार विहान मृत्यु भएको हो ।
भारतको दिल्लीबाट जेठ २० गते आएका उनी लामो समयदेखि मुटुको बिरामी रहेको बताइएको छ । उनी भारत पनि मुटुको उपचारकै लागि गएको र कोरोनाका महाकारीका कारण नेपाल फर्किएको परिवार स्रोतले जनाएको छ ।
युवाको मृत्युपछि स्वाब संकलन गर्ने तयारी भइरहेको जिल्ला अस्पतालले जनाएको छ ।









