कर्णालीमा २ महिलासहित थप ५४ जनामा कोरोना पुष्टि


सुर्खेत । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरस पाइएको छ । ५४ जनामध्ये सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेका छन् । संक्रमितहरु २ महिला र ५२ पुरुष रहेका छन् ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

नेपालमा अहिलेसम्म संक्रमितको संख्या ३२३५ पुगेको छ भने १३ जनको कोरोनाबाट मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार