काठमाडौं । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदा गर्न नेपाली कांग्रेसले हृवीप जारी गरेको छ ।
संसद बैठक अघि बसेको कांग्रेस संसदीय दलको बैठकले संसदमा अनिवार्य उपस्थित हुन र संविधान संशोधन विधेयकको पक्षमा अनिर्वाय मतदान गर्न निर्देशन दिएको हो ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । शनिबार नै विधेयक पास गर्ने तयारी छ ।










