प्रचण्डले भने : ‘राजतन्त्रले गुमायो, गणतन्त्रले फिर्ता ल्याउदैंछ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र कालले गुमाएको भूमि गणतन्त्र शासन व्यवस्थामा फिर्ता ल्याउन लागेको बताएका छन् । शनिबार संविधान संशोधन विधेयक पारित गर्न बसेको प्रतिनिधिसभाको बैठकमा उनले उक्त कुरा बताएका हुन् ।

बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधिनताको विषय भएको बताए । उनले आजको दिन एक ऐतिहासिक दिन भएको पनि बताएका छन् ।

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आएका छौं, उनले भने । दाहालले उक्त विधेयकमा नेपालीले जनाएको समर्थनमा आफ्नो पनि ऐक्यबद्बता रहेको बताए । दाहालले विधेयकमा सुरुदेखि सर्वसम्मति रहँदै आएको र अब पनि सर्वसम्मतिले पारित हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

उनले अहिले आफुहरु देशको गुमेको भूभाग फिर्ता लिने चरणमा आइपुगिएकोमा उनले खुसि व्यक्त गरेका छन् । यो प्रस्तावमा सबैले सहमति जनाउनु पर्ने उनले बताए ।

प्रतिनिधिसभामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको दफावार छलफल भइरहेको छ ।

संविधान संशोधन विधेयकमाथि दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार