निर्मलाको तस्बिर अंकित पोष्टरहरु काठमाडौंमा च्यातिए, कंचनपुरमा टाँसिए

कंचनपुर । बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्तलाई न्याय माग्दै पछिल्लो समय उनको तस्बिर अँकित पोष्टरहरु काठमाडौं र कंचनपुरका सार्बजनिकस्थानहरुमा टाँसिएका छन ।

कंचनपुरको भिमदत्तनगरमा शुक्रबार निर्मलाको तस्बिर अँकित पोष्टरहरु बजारको ठाँउ ठाँउमा टाँसिएका छन ।
पीडत र अधिकारकर्मीहरुले बजारका बिजुलीका पोल र भित्ताहरुमा “सरकार भेटियो न्याय भेटिएन” भनेर लेखिएका निर्मलाको तस्बिर अँकित पोष्टरहरु टाँसेका हुन ।

काठमाडैंमा निर्मलाको तस्बिर अंकित पोष्टर सरकारको निर्देशनमा नै च्यातिएकाले त्यसको बिरोधमा कंचनपुरमा निर्मलाको तस्बिर अंकित पोष्टरहरु टाँसिएको अधिकारकर्मी भारती चौधरीले बताईन ।

न्याय माग्दा सरकारले दमन गरिरहेको छ अधिकारकर्मी चौधरीले भिनिन, “काठमाडौमा निर्मलाको पोष्टर च्यातेपनि हामीले न्यायको आवाज उठाउदै कंचनपुरको बजारमा निर्मलाका पोष्टर टाँसेका छौ, हामी न्यायको लडाईमा थाक्ले छैनौं, सरकारले निर्मलाको हत्यारा सार्बजनिक गर्नु पर्यो।”

निर्मलाको हत्यारालाई कारवाही नभएसम्म आन्दोलन जारि रहने अधिकारकर्मीहरुले बताइका छन ।

यसअघि काठमाडौंमा बिजुलीका पोलहरुमा प्रधानमन्त्री केपी ओलीको तस्बिर अँकित फोटो झुन्ड्याएको मुनी निर्मलाको तस्बिर अँकित पोष्टर टाँसिएको थियो । जुन बिहिबार बिहान गृहमन्त्रालयको निर्देशनमा प्रहरीले हटाएको थियो ।

 

देशमा न्याय नपाइरहेको अवस्थामा सरकारले नयां युगको सुरुवात भन्दै काठमाडौंका मुख्य ठाँउका बिजुली पोलहरुमा प्रधानमन्त्री ओलीको तस्बिर टाँसेपछि मानवअधिकारकर्मीहरुले उनको तस्बिरमुनी सरकार भेटियो न्याय भेटिएन भनेर निर्मलाको तस्बिर अँकित पोष्टरहरु टाँसेका थिए ।

मंगलबारदेखि ‘नयां युगको सुरुवात’ भन्दै सरकारले सामाजिक सुरक्षा योजना औपचारिक रूपमा सुरु गर्दा प्रधानमन्त्री ओलीको फोटो बिजुलीका पोलहरुमा टाँसिएका थियो । जसको सामाजिक संजाल तथा आमसर्बसारधारणबाट बिरोध भएको थियो ।

साथीको घरमा होमवर्क गर्न गएकी कंचनपुरकी १३ बर्षिय निर्मला पन्तको गत साउन ११ गते साथीको घरनजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनि साथीको घरमा साउन दश गते गएकी थिईन ।

हत्या भएको चार महिना पुग्दा समेत सरकारले पीडितलाई न्याय दिन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
साथै छोरीका हत्यारालाई सार्बजनिक गर्नुपर्ने माग गर्दै पीडित र अधिकारकर्मीहरु कात्तिक २५ गते देखि कंचनपुरको जिल्ला प्रशासन कार्यालय अगाडी गेटमा धर्ना बसिरहेका छन ।

धर्ना बस्दा बस्दै बिरामी भएर मानसिक सन्तुलन बिग्रीएपछि निर्मलाका बुवा यज्ञराजको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार