संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित

काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिए ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन ।
५९ सदस्यीय राष्ट्रियसभामा एक सिट खाली छ भने अध्यक्ष तिमिल्सिना मत विभाजनमा सहभागी भएनन् ।

विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए ।

नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भैसकेको छ । नेपालको नयां नक्सामा भारतद्धारा अतिक्रमित भूमि दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ ।

त्यसपछि नयां नक्सा नेपालको निशान छापमा संवैधानिक रुपमै समेटिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार