निर्मलालाई न्याय माग्दै काठमाडौंमा फेरि र्यालीसहित प्रर्दशन (भिडियोसहित)

काठमाडौं । कंचनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको न्यायका लागि काठमाडौंमा र्यालीसहित फेरि प्रर्दशन भएको छ । “सरकार भेटियो, न्याय भेटिएन” उल्लेख गरिएको निर्मलाको तस्बिर अंकित पोष्टर बोकेर माइतीघरमण्डलाबाट दिउसो १२ बजे सुरु भएको स्वस्र्फुत र्याली बानेश्वर चोक पुगेको थियो ।

निर्मलाको हत्या भएको चार महिना पुग्दा समेत पीडितले न्याय नपाएको भन्दै विभिन्न राजनितीक दलका युवा नेता तथा सयौंको संख्यामा सहभागि सर्बसाधरणहरुले निर्मलाको न्याय माग्दै सरकार बिरुद्ध चर्का नाराबाजी गरेका हुन ।

‘बलात्कारीलाई फाँसी दे, निर्मलाका हत्यारालाई सार्बजनिक गर, निर्मलालाई न्याय दे, गृहमन्त्री राजिना दे’ लगायतका चर्का नारा लगाउदै प्रर्दनकारीहरु माईतीघरमण्डलाबाट बानेश्वर चोक पुगेका थिए ।

निर्मलाको हत्या भएको चार महिना हुँदा समेत हत्यारा पक्राउ गर्न नसकेको भन्दै उनिहरुले सरकारको समेत चर्को बिरोध गरेका थिए ।
शान्तीपुर्ण र्यालीमा नयाँ शक्ती पार्टीका संयोजक डा. बाबुराम भट्टराईकी छोरी मानुसी यमी भट्टराई समेत सहभागी थिईन ।

उनले निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पुग्दा समेत हत्यारा पक्राउ गर्न नसकेको भन्दै सरकारलाई जिम्मेवार हुन आग्रह गरेकी थिईन ।

शान्तीपुर्ण र्यालीमा विवेकशिल साझा पार्टीका नेता उज्जवल थापा, नेपाल बिधार्थी संघ, लगायत अन्य बिधार्थी संठगनमा युवा नेताहरु सहभागी थिए । उनिहरुले चार महिनासम्म निर्मलालाई न्याय नदिई विदेशी पाहुना अगाडी नेपालको शिर निहुराउने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

शनिवारदेखि काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन सुरु भएको छ । सम्मेलनमा सहभागी हुन विभिन्न देशका राष्ट्र, सरकार प्रमुखहरु काठमाडौं आएका छन ।

शान्तीपुर्ण र्याली बानेश्वर पुगेपछि सामाजिक युवा अभियान्ता सिर्जना बिश्वकर्माले भनिन, “निर्मलाले न्याय नपाउदासम्म हाम्रो न्यायिक आन्दोलन रोकिने छैन, बलात्कारीलाई सरकारले किन संरक्षण गर्दैछ ? तत्काल पक्राउ गरेर कारवाही गरोस ।”

अभियान्ता बिश्वकर्मा “सरकारले भेटियो न्याय भेटिएन” उल्लेख गरेको निर्मलाको तस्बिर अंकति पोष्टर टाँस्दै गर्दा गत बुधबार माईतीघरमण्डलाबाट प्रक्राउ गरेकी थिईन ।

नयां युगको सुरुवात भन्दै काठमाडौंका बिजुली पोलहरुमा प्रधानमन्त्री केपी ओलीको तस्बिर टाँसिएको भोली पल्ट निर्मलाको न्यायका लागि आवाज उठाई रहेका विभिन्न संघसस्था तथा अधिकारकर्मीहरुले प्रधानमन्त्री ओलीको फोटो मुनी “सरकार भेटियो न्याय भेटिएन” उल्लेख गरेको निर्मलाको तस्बिर अंकित पोष्टर टाँसेका थिए । जुन पोष्टर प्ररहीले गृहमन्त्रालयको आदेश भन्दै च्यातेको थियो ।

“सरकार भेटियो न्याय भेटिएन” उल्लेख गरेको निर्मलाको तस्बिर अंकित पोष्टर गृहप्रशासनको आदेशमा नै प्रहरीले च्यात्न लगाई न्यायको आवाज दबाउन खोजेकाले अब निर्मलाको तस्बिर देशैभरिका शहर बजार तथा गाँउहरुमा टाँस्ने तयारी भइरहेको र ति पोष्टर पठाइसकिएको बताएका थिए ।

प्रर्दशन नर्गन आग्रह
शनिवारदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक सम्मेलनलाई मध्यनजर गर्दै उपत्यकामा गृहप्रशासनले कुनै पनि किसिमको प्रर्दशन, र्याली नर्गन आग्रह गरेपनि निर्मलाको न्यायका लागि स्वस्र्फुतरुपमा प्रर्दशन भयो ।

गृहमन्त्रालयको आदेशमा भन्दै प्रहरीले आयोजकहरुलाई शुक्रबार साँझ नै कुनै पनि किसिमको र्याली, प्रर्दशन नर्गन आग्रह गरेको थियो । तर, त्यसको अवज्ञा गर्दै निर्मलाको न्यायका लागि स्वस्र्फुरुपमा र्याली सहित प्रर्दशन भएको छ ।

कुनैपनि प्रर्दशन, र्याली हुन नदिन बिहानैदेखि माईतीघर मण्डलमा कडा सुरक्षाका साथ ठुलो संख्याका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु परिचालन गरिएको थियो । प्रर्दशनकारीहरु भेला हुँदै गर्दा प्रहरीले त्यस्तो नर्गन आग्रह गरेको थियो ।

भिडियो हेर्नुहोस साथै Doteli Online TV लाई  Subscribe गर्न नभुल्नुहोला ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार