
काठमाडौं । मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णयहरु सार्वजनिक भएका छन् । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असार २ गतेको बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु आज (शुक्रबार) सार्वजनिक गरेका हुन ।
जसमा ११ वटा मन्त्रालयका विभिन्न बिषयमा निर्णयहरु भएक छन् । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सम्बन्धित स्थानीय तहमा कोभिड १९ को रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय भएको छ।
आर्थिक वर्ष २०७६/०७७ मा छुट्याइएको रकम मध्ये खर्च नभएको रकम असार १५ गते भित्र सम्बन्धित स्थानीय तहमा रहेको कोभिड १९ व्यवस्थापनको लागि खोलिएको खातामा जम्मा गर्न गर्नुपर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुशलता अभिवृद्धि गर्नका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) बाट १० करोड अमेरिकी डलर बराबरको करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ ।
त्यस्तै साना सिचाई अयोजना दोस्रोचरण कार्यक्रम कार्यान्वयनका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने १ करोड ७६ लाख स्वीस फ्रयाङ्क अर्थात २ अर्ब २ करोड ४० लाख नेपाली रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।
कलंकी थानकोट नागढुंगा सुरुङमार्ग आयोजना क्षेत्रभित्र पर्ने जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति दिने निर्णय समेत सरकारले गरेको छ ।सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्को उपाध्यक्षमा झापाका खगेन्द्र प्रसाद अधिकारी नियुक्त गरेको निर्णय पनि सार्वजनिक भएको छ ।
अन्य निर्णयहरु तल तालिकामा पढ्नुहोस:











