विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने व्यवस्था गर्न ओली र दाहाल सहमत


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालगायतका नेता विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने प्रस्तावमा सहमत देखिएका छन् । उनीहरु विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्ययवस्था परिवर्तन गर्न सहमत भएका हुन् ।

नागरिकता विधेयकबारे शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नागरिकता दिने वर्तमान प्रावधान परिमार्जन गर्ने बेला आएको बताएका छन् ।

नेपाली कांग्रेसले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरे लगत्तै अंगीकृत नागरिक दिनुपर्ने अडान राखेपछि नेकपाका नेता तथा सांसदहरु छलफलमा जुटेका छन् । नेकपाका नेताहरुले विदेशी बुहारीलाई तत्काल अंगीकृत नागरिकता दिने व्यवस्था नै परिमार्जन गर्नु पर्ने निष्कर्ष पनि आजको बैठकमा निकालेका छन् ।

२ वर्षदेखि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा विवादित रूपमा अड्किएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे समितिमा रहेका पार्टीका सांसदहरूसँगको छलफलमा उक्त संकेत दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार