विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव संसदीय समितिबाट पारित


काठमाडौँ । विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था संसदीय समितिबाट पारित भएको छ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले अंगीकृत नागरिकताका लागि ७ वर्ष कुर्नुपर्ने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको हो ।

उक्त व्यवस्थालाई समितिको बहुमतले पारित गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिएकी छन् । प्रस्तावको पक्षमा नेकपाका सांसदहरू थिए भने प्रतिपक्षी दलका सांसदहरूले यसमा असहमति जनाएका छन् ।

नेकपाले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने पक्षमा मत दिएको थियो । तर नेपाली कांग्रेस लगाएतका अरु दलले भने विवाह गरेकै बेला दिनुपर्ने अडान राखेका छन् । कांग्रेसले नागरिकता ऐनको संशोधन संविधानमा उल्लेख भएको संघीय कानून बमोजिम नभएको भन्दै यसलाई असंवैधानिक र संविधान नै संशोधन गर्ने प्रयास भनेको छ ।

विपक्षी पार्टीहरु राजपा, समाजवादीले पनि यसको विरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार