सांसद दिपक मनाङेले दिए राजीनामा

पोखरा । सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । उनले उक्त समितिको काम नभएको भन्दै सदस्यबाट राजीनामा दिएका हुन् ।

उनले समितिको काम माथि प्रश्न उठाउदै, कामै नालाग्ने यस्तो समितिमा बसेर काम गर्न लाज लागेको बताएका छन् । उनले समितिको काम गर्ने र अनुगमन गर्ने अधिकार नभएको भन्दै राजीनामा दिएको बताए ।

यसका साथै उनले अनुगमन जाँदा थुपै अनियमितता देखेर पनि काम गर्न नसकेको भन्दै दुख समेत व्यक्त गरेका छन् । क्रसर र ठेक्कापट्टामा सबैको मिलेमतो देखेपछि कुनै अधिकार नभएको समितिमा बस्न मन नलागेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार