अध्यक्ष ओली पक्राउ पछि एमालेले बोलायो आकस्मिक सचिवालय बैठक


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष पक्राउ पछि पार्टीका तर्फबाट आधिकारिक धारणा तय गर्न एमालेले सचिवालय बैठक बोलाएको हो।

अहिले केही बेरमा पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले अब अगाडी कसरी बढ्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । साथै पार्टीले आफ्नो आधिकारीक धारणा समेत तया गर्ने छ ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू दुवै जनालाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसर लगिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार