
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओली आफ्नै निवास गुण्डुबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्नको लागि अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली उनको निवास प्रवेश गरेको थियो ।
उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको प्रहरीले जनाएका छ । ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहानैप्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरेको छ ।
उनीहरु दुबै जनालाई भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेको हो ।
नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यानमुद्दामा पक्राउ परेको यो पहिलो घटना हो ।
उनीहरु दुबै जनालाई अहिले अनुसन्धानका लागि प्रहरी परिसरमा राखिएको छ ।











