
काठमाडौं । नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रीपरिषद् बैठकले चार वटा निर्णय गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय सहित चार वटा निर्णय गरेको हो ।
बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने र जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।











